आई रियल्ली मिस यु मेट ।

एक सह-यात्री आवश्यक छ तिमिलाइ, जसले मतभेदमा मत अनि भेद को वैचारिक भिन्नता प्रष्ट बुझेको होस। भेदलाई एउटा मीठो सिकाईमा ठेल्दै, मतको गुलियो स्वादमा बिलिन हुन प्रेरित गरि रहोस। आधा खाली र आधा भरिएको पिठ्युँको गागृमा, पृथ्वीको गहन एनरजिको वार्तालाप केलाउन पाइ राखियोस। म सम्झिन्छु त्यो समय, जब आधा उगृएको अनि आधा कालो बादललाई हेरेर हामी कापी कोर्ने गर्थ्यौ, अनि देख्थ्यौ अनेकौ दार्शनिक विचार, कला कृति र मिस्टृसियस एनर्जिको उतरचडाब। सायद मेमोरिले पनि वर्तमान समय बलियो बनाइदिदो रहेछ। आहा! केही त थियो जसले त्यतिका मतभेद भए पनि हामीलाई एउटै सिक्का को "हेड एन्ड टेल" जसरी टासी राख्यो। आज मिस्टृसियस एनर्जी नै भनिदिए मैले, तिमी यसमा अलि बढी नै सहमत हुने छौ। तर छ केही जस्लाई सायद शब्दले नै बयान गर्न सक्दैन, ...