उनिहरु भोकै बस्छन !
मन मनै सोचे कति गहिरो होला यो मन,
के भावानाका डोरि समाएर निस्कन सक्छु म
खै?
सोच्दै छु, एउटा भावानले पुर्ण रुप लिन नपाउदै आर्को आएर लिप्त भैदिन्छ। सोच्नु के हो?
हावाले त्यो रुखको पातलाई हल्लाई रहेको छ, म महसुस गर्न सक्छु। के रुखले महसुस गर्ला त्यस हावालाई?
महसुस गर्नु के हो?
महसुस त म आफै गर्छु, उनी बसि रहेकी छिन उनी हुनु के हो? उनलाई मैले आफ्नु भन्नू कसरी? के उनी म भित्र छिन, मैले महसुस गर्नु भनेको के म भित्रै हुनु हैन र?
बत्ती आएछ, सबैतिर उज्यालो छर्दै छ के म आफुलाई उज्यालो बनाउन सक्दिन र? पानीको आवाजले के बोली रहेको छ म सुन्न सक्छु तर बुझ्दिन,
आखिर प्रकृति उदास भएको हो भन्ने प्रतिक्रिया दिए के हुन्छ र प्रतिक्रिया त अहिलेको जङ्गी अड्डा बनेको छ, चाहे मृत्यु होस या जन्म मानिस प्रतिक्रिया पोख्न आतुर भैहाल्छ। सबैको आफ्नु महसुस हुन्छ अनि मेमोरी, मान्छे त्यसरी नै बोल्छ जे डाटा बोकेको छ।
म त आफू बुज्न हिड्दै छु मन बुज्न मनको गहिराही बुज्न ,
रमाको प्रेमी अटाउन सक्ने मन कत्रो हुदो हो, आमाको आँसु घुटुक्क निल्न सक्ने कत्रो साहासि हुदो हो , अपराधिको अपराध लुक्न सक्ने कत्रो मन हो , के हो मन कत्रो छ यो,
बादलको पातलो धर्सोले दिएको आकारलाई म जिवन दिई रहेको छु मस्तिष्कमा। के त्यो बादल को अस्तित्व छैन र?
मेरो हातले पाखुरा कन्यायो के सेन्सेसनले मात्र मेरो अस्तित्व जोगाएको छ। हुन सक्छ। म जान्दिन। उनि र मेरो दुरिको मापन म गर्न खोज्दै छु। फेरि म मै भित्र कति दुरिमा छु र!
एकैपटक आँखाले भ्याए सम्म को चित्र म कोर्न खोज्छु। मैले हावा सम्झिए मलाई छोएर गयो, मैले पानी सम्झिए सिम सिम परि रहेको छ, मैले रुख सम्झिए हल्लाउँदै उस्को अस्तित्वको भान दि रहेको छ, अस्तित्व हुनु के हो? कालखण्ड र निरन्तर्ताको मेमोरी त होनि हैन र।
मैले चराचुरुङ्गी सम्झिए
मलाइ नै बोलाई रहेका छन। मैले सबै आफै भित्र महसुस गरे। मैले आफै भित्र एउटा ब्रमाण्ड पत्ता लगाए। सोचका gravity ले माथि जाम भन्छ, मलाइ उडौ भन्छ तर ब्रमाण्ड ले मलाई तान्छ। तालमेल मिलेन छ क्यार म टोलाइ रहे। तालमेल मिल्न कति आवस्यक छ जत्ती सास फेर्न छ। हो? के तालमेल ले नै अस्तित्व बोकेको छ। खै?
अस्तित्व बोक्न कति भारी होला। कि भावाना बोक्न गारो हुन्न। मलाइ त मेरो भवाना गरुङ्गो लाग्छ।
चराचुरुङ्गी का आवाज कानमा गुन्जी रहेको छ, बिश्व भरको टोटल संख्या मा कति चराचुरुङ्गी कराउदै होलान यस्ले कत्रो ध्वनिको wave बनाउछ होला? सायद आइन्स्टाइन भएको भए भन्ने थिए कि?
त्यो सानू झारलाई म हेरि रहेको छु, कि उसले मलाइ म भित्र देखिरहेको छ। म अलमलिए।
हुनु र नहुनुको प्रश्न पनि छुट्टै छ। हुदाको चयन नहुदाको बेचयन! कस्तो लिला छ।
मान्छेले के अस्तित्व केलाउन सिकेको छ? मानिसले त इतिहास मात्र केलाउछ। अस्तित्व केलाउन जाने त जीवन सार्थक बन्ने थियो होला! इतिहास त पानामा केलाइन्छ, अस्तित्व बुझाइ र जिवन्त हुनुमा छ। अस्तित्वको पाना हुने भए कस्तो,कत्रो हुने थियो होला? अस्तित्व बाच्नु मा छ। इतिहास त मरेरै पनि लेखेका छन , इतिहास त मरे पछि सुरु हुन्छ अस्तित्व जन्म लिन्छ जन्मिदा र अबिरल रहन्छ।
मैले मेरो अस्तित्व मेटाइदिए भनेनि ?
बिभाजन छ मानिसमा अस्तित्व जोगाउका निम्ति। बिभाजन के का लागि, म त बिभाजन चाहादिन ,चलेकै छन पाइताला। अस्तित्व को कुरा गर्दौ थिए है, के मानिस ले त्यो रुखको अस्तित्व बुजेको छ। के त्यस रुखमा आफ्नु लङ्स देख्छ त? देख्ने भए के विनास गर्थ्यो र? कि चाहाना र आवस्यकता नै ठूलो छ, पृथ्वीको मस्ट इन्टेलिजेन्ट स्पेसिस को। सायद हो पनि, नभए भाइले दाइ मार्ने थिएन होला, काकाले भतिज छोराले बाउ सबै आवस्यकताकै सिकार त हुन नि है। एउटाको विनास अर्कोको जीवन हुँदै जाँदै छ। कस्तो दुर्भाग्य!
मानिसले आफ्ना लागि मात्र कार्य गर्दैन राम्रो खानु, राम्रो गाडी चड्नु, बङ्लामा बस्नु उस्को सन्तुष्टिको आधा प्रमाण मात्र हो। अर्को आधा सन्तुष्टि अरुले उसलाई आहा! क्या राम्रो छ तपाईंको जिन्दगी भनिदिएको वाक्यमा निर्भर हुन्छ।
निर्भरता ठूलो कठिनाइ हो। यस्ले निम्त्याउने मानसिक यातानाको गहिराही ठूलो हुन्छ।
३०,००० मेगा हर्जको बिजुली पैदा भैरहेको छ बायुमण्डलको माथिल्लो तहमा, अनि म यो बिधुतिय उपकरणलाई फ्लाइट मोडमा उड्न छोडी दिदै छु।
बादलको युद्ध लाई मानव बर्ग ले बर्षौ सम्म दिएको उपनाम भगवान रिसाएर आँसु झार्नु भएको? युद्ध, के हो युद्ध? के का लागि युद्ध। म त भाग्यमानी नै ठान्छु आफुलाई, बम को गर्जन अहिले सम्म सुन्नु नपरेकाले म बायुमण्डलको गर्जन नै मन पराउछु। फेरि अर्को प्रश्न जोडिदै गएको छ। पृथ्वीको कोलाहालले जन्माएको wave ma यो गर्जनले कस्तो प्रभाव छोड्छ र कती मेग्नीटिउड थपी दिन्छ र यो एनर्जी अरु कुन रुपमा परिवर्तित भै रहेको छ।
अ म भन्दै थिए युद्ध। युद्ध त फेरि द मस्ट इन्टेलिजेन्ट कृएचर्ले नै गरि रहेको छ। यसको सार्थकता छ र? कयौ युद्ध इतिहास बनी सकेछन। कयौ मानिस वीर कहलिए आखिर के का लागी, यत्ती सम्म हुदा पनि हामी आफुलाइ इन्टेलिजेन्ट भन्न छुटाउदैनौ ?
हाम्रो हक छ र? युद्धले इतिहास बनाउछ, तर हामीले अस्तित्व बनाउनु छ| बाटो फरक भयो| के पाहिला गलत चालिदै छैन र? आफनु अनुहार छामे सेन्सेसले मेरो अस्तित्व को प्रमाण दियो।। कन्सिएस छु तर के लेख्दौ छु थाहा छैन, कन्सिएस भएरै अनकन्सिएस हुनुको मजा थाहा छ, रमाइलो हुन्छ। हुनुमा नहुनु आहा! इन्भिजिवल!
आहा! शव्दले बोकेको इतिहास सम्जिए एक पटक, राम्रो हो अझ उत्कृष्ट हो भन्ने बुजाइएको छ मलाइ! ममिले नयाँ लुगा लगाइदिनु भयो आहा! ममि म फस्ट भए आहा! ममि हाजिरिजावफ जिते आज आहा! इतिहास बोकेको छ मेरो जीवनको आहा! शब्दले। आहा! कति मीठो छ यो ल ल खाउँ त छिटो नभए म दिदिलाई दिन्छु नि ?
खानु? एकै छिन रोकिए अनि फेरि सोचे बाच्न त खानै पर्ने रहेछ त अनि म किन नाई भन्दो रहेछु त त्यस बेला
खै?
अहिले त म अघाएको छु, भोको पेट नि कोइ बस्छ र, बस्छन नि, हरे किसानि गर्छ। खेत जोद्छ,अन्न उब्जाउछ अनि आफै भोकै बस्छ। कस्ले लगिदिन्छ हँ त्यो अन्न म अलमलिए। खेत जोतेकोमा, परिश्रम गरेकोमा हरे अन्न तिरो तिर्छ खेत उस्को हैन रे बुबा भन्नुहुन्छ ६ महिना त खान जुराउछ तर अर्को ६ उ कयौ कान्ला भोकै फोड्छ, पातला करङ्ग, पसिनाले च्यातिन लगेको खास्टो बेरेर, झर्न लागेको काद, छ्ताछुल्ल भएका पाइताला बोकेर उ माटो बोक्छ, माटो टेक्छ र फरफराउदो झन्डा हेर्छ र छाती चौडा पार्छ। कति छन हँ यस्ता हरे समाजमा जो परिश्रम गर्छन खानका लागि अनि भोकै बस्छन। भोकै बस्छन। उनिहरु भोकै बस्छन। उनिहरु भोकै बस्छन। सन बाथ गर्ने ह्यारी लाई थाहा छैन चर्को घाममा सानू हरे को परिश्रमले उस्को अस्तित्व जोगिएको छ। कोहि भोकै बसेर कसैको भोक मेटाइरहेका छन। सकिन भन्न आहा!
आखीर भैकै नबस्नु नै रहेछ जीवन! छितिजका जवान बत्तिहरुको अस्तित्वका साथ म छितिजमै बिलिन भैरहेछु हावाको बहावमा म बगि रहेको छु। जीवनका अनगिन्ती दर्शन बोकेर, सार्थकता बोकेर एउटा अस्तित्व कायम गर्न ।
वायुमण्डलिय उतारचढाव सँगै म मन र मस्तिष्कको युद्धमा जीवन खोजि रहेको छु।
म मन ले सोची रहेको छु कि मस्तिष्कले खै ?
मान्छेले के ले सोच्छ। भनिदेउ थाहा छ भने? सोचकै युद्ध भैदिन्छ कहिले कहि अनि कुनै कालखण्ड वा परिस्थितिको आडमा फैसला हुन्छ। कति सोच सहिद भए कति मनको केन्द्रमा शालिक भएर उभिएका छन। खै सबै सोचले न्याय पाए पाएन्न। धन्न सजाय दिने मै हुन्छु नभए कत्रो ठूलो सजायको भागेदार हुनु पर्थ्यो होला? डर लाग्यो। हाँस उठ्यो। सबै एकैपटक भयो। बोडरको त्यो छेउमा, खेतका ती कान्लाहरुमा, एसी रुमको त्यो घुम्ने कुर्सीमा सबै जीवन खोजी रहेका छन। कति जीवन सोचमै रुमलिरहे,कति बाकसमा हराए, कति पसिना बगाउदा बगाउदै भोकै भए। सबै माटोमै बिलाए।
अस्तित्व, इतिहास, जीवन, समय ,सोच र महसुस हुँदै म टोलाइ रहे, प्लास्टिकको कुर्सिले थामेको मेरो वजनलाई केही हलचल गरेर म आफनै नर्मल सेन्समा आइपुग्दा झमक्कै रात परेछ।
मार्ग ३ झापा बिर्तामोड।
आशिष भट्टराई ।

Wonderful daju... I thoroughly enjoyed it ������❤️❤️
ReplyDeletethank you brother!
DeleteGreat thoughts,mate!
ReplyDeletethank you!
Delete