Letter to Rabindra Mishra (when Rabindra mishra announce his new party)


सम्माननीय रबिन्द्र मिश्र सर,

एउटा हारेको ब्यक्ति , यस अर्थमा देशको राजनिती  देशको परिस्थितिले गर्दा, एक युवा अज (Teen age)को युवा |
उच्च माध्यमिक विध्यालय (higher school) सकिनै लागेको , घरमा बसिरहदा मन त्यसै पिरोलिन्छ  ।सामान्य परिवारमा हुर्केको बडेको हुनाले दुख के हो ,पीडा को अनुभव  केही अरुलाइ परेको पीडा आफैलाइ परे जस्तो लाग्छ।
घरबाट बाहिर निस्कन्छु बाटामा मानिसहरु केही आश गरेर बसेको देख्दा निकै मन दुख्छ ।तपाईं हामीलाई थाहा कसैको आश गरेर बस्दा कति सम्मको दुख हुन्छ ,त्यही माथी अपहेलना  सहन सक्नु कुनै आम मानिसको सहनशीलता भन्दा परको कुरा हो ।मन्दिर जान्छु किनकि आशा मरेको छैन।सबैलाइ सुख पुराइदिनु भनेर तर त्यही धर्मको आगनमा पनि मानिसहरु बसिरहेका हुन्छ्न ।केही देलाकि भन्ने  आशमा, कति पिरोलिदो  हो मन, यस कुरालाइ पनि बुज्छु कि कतिले यसलाई व्यवसाय बनाएका छन,तर धेरैले आफ्नु भोक मेटाउन,ससाना नाबालको पेट पाल्न असहनिय दुख भोगी रहेका छ्न। यो बध्यता हो सर तपाईं हामीलाई थाहा   ।यस्तो दृश्य देख्दा घर बाट बाहिर निस्कन मन पर्दैन ।मनमा केही गर्नुपर्छ भन्ने भाव नभको पनि हैन , तर विवश छु ,के गरौ ,उनिहरुका लागी ।राम्रो पढिनस भने राम्रो जागिर पाउदैनस ,घर परिवार राम्रो बनाउन सक्दैनस ,यस्ता कुरा बच्चा देखिनै मानसपटलमा खै कस्ले भरिदिएको थाहा छैन ,देश बनाउनु पर्छ देशका लागि केही गर्नु पर्छ कसैले भन्दैन ,सायद यस्तै समाजमा बस्छु ।हुन देशको अवस्था हेर्दा स्वयम मलाइ पनि त्यस्तै लाग्छ ,कि आफ्ना लागि गरिनस भने कसैले हेर्ने छैन तलाइ तेरो परिवारलाई ।यो यथार्थ तपाईं हामीले बुझेका छौँ ।धेरै मानिसका कुरा सुन्छु दिदी, भाइ, साथी , आफन्त  सबै पैसा कमाउने ,पैसाकै पछि होड्बाजी गरिरहेका छन ।आफ्नु श्रम  बेच्न विदेश पलायन भैरहेका छ्न ।किनकी परिवार राम्रो बनाउनु सबैलाइ सुखी वातावरणमा हुर्काउनु ।आमा बाबाको मिहिनेतको के कुरा गर्नु ? आफ्नु सारा जिन्दगी छोराछोरीका लागि भनेर बिताइदिनु भएको आफ्ना इच्छा आकाङ्क्षालाई मारेर सधै सन्तान भन्नू भएको ।यो मेरो घरको मात्र यथार्थ हैन ,सम्पुर्ण नेपाली परिवरको यथार्थ हो ,त्यस्लाइ मैले शब्दमा ढालेर आङकलन गर्ने क्षमता मा छैन
आमा बुब|लाइ हाटाएर हेर्ने हो भने ७०% भन्दा ज्यादा जन्सङ्ख्या निस्कन्छ तर सबैलाइ आफ्नै खजाना बनाउने ,बढाउने भन्दा अरु केही पनि याद छैन ।हामीले भोट हालेर जितार देश बनाउनु है भनेर पठाका नेताहरु स्यवम  पनि आफ्नै तिजोरी भर्न ब्यस्त  छ्न ।अनि आम नागरिकिको के कुरा गरौँ ।लिडर जस्तो हुन्छ परिवार त्यस्तै हुन्छ भन्ने कुरा हामीले देखेका भोगेका कुरा हुन ।धनी सधै धनि ,खान नपाउने गरिब सधै खानलाइ तड्पी रहनु पर्ने ,भोट दिन्छन नया आशा ,मनोकामना बोकेर तर भाषणले काहा पेट भरिन्छ ? खान नपाएर छ्टपट्टिदाको पीडा महलमा बस्नेलाई के थाहा हुन्छ ?यस्तै यस्तै सामाजिक यथार्थले मनको खाल्डो अझ गहिरो बनाउदै ।अनि पनि सोच्न बाध्य हुँदै छु कि उच्च माध्यमिक बिध्यालय सकेसी विदेश पो जानू पर्छ कि क्या हो ? कति आमाबाबालाई मात्र दु: बहन गराइरहने ।यस्ता सोचले मन भारी बनाउछ ,समाजमा यस्तो स्थिति मेरो मात्र हैन भन्ने पनि लाग्छ
एक बिहानै ओछ्यान बाट उठे,नियमित काम सकेर यसो पत्रपत्रिका पढ्ने माहोल मिलो ,पत्र पत्रिका हेर्दै गर्दा एउटा खबर देखियो "नेपाली बि.बि.सि सेवाका अध्यक्ष रबिन्द्र मिश्रले दिए राजिनामा,नया पाटी खोल्ने निर्णय ।पाटी दिनहु बन्ने हुनाले केहि खासै आनौठो लागेन तर संगै जोडिएको नाम रबिन्द्र मिश्रले मस्तिष्कमा केहि बेर सोच्न बाध्य  बनायो |
त्यो माहोल सकेसी घर जान अगाडि बडे तर मनमा त्यही कुराहरु खेलि रहे। घर गए ,केहि समाचार माध्यमले तपाइको कुरा उठाएर आफ्नो टि.भि . च्यानल चलाइ रहेका थिए।तपाईंको अन्तर्वाता पनि सुने ।रेडियो सुन्न सक्ने बुझ्न सक्ने बेला देखिनै रबिन्द्र मिश्र बि.बि.सि .सेवा भनेको याद ,बच्चा देखिनै तपाइको विचार,कामको प्रशम्सक ,तर फेरि राजनितीमा यो गन्दगीमा फेरि भ्रष्टाचार होकि भन्ने कुराले मनको ढोका ढकढकाइ रहयो ,मन पिरोलिदै थियो ।दिन बित्दै गए ,अन्तर्वाता टि.भि. ,नयाँ  कार्यक्रममा तपाइँका योजना सुन्दै गए ,एउटा सानो आशाको दिप मनको कुनामा बलेको महसुस मैले गरेको छु ,यो यथार्थ हो ।सबै को कुराकानी राय पनि संगै बढ्दो थियो ,कसैले केही होला भन्ने भाव देखाउथे ,कसैले अब फेरि त्यहि राज्नीति पाटी भन्यो अनि भ्रस्टाचार ,चन्दाको नाम मा जन्तालाइ दुख ,भन्ने भाव पनि प्रष्ट देखिन्थ्यो ।त्यो भन्नुमा उनिहरुको गल्ती पनि केहि छैन ,यस्तै वतावरण देशको पनि। सबैको कुरा त्यस्तै हुन ,मन अझै फुरुङै थियो किनकी तपाइँका कुरा मिठा छ्न ,केहि होला भन्ने आशा ,ठिकै  छ। तर केही साना मेरा मनमा उठेका कुरा भन्न मन लाग्यो , हामीजस्ता युवाको सोच के हुन्छ थोरै सुनिदिनु होला।
पाटी संगठन दिनहु हुन्छन ।तपाईं जिम्मेवार पद त्यागेर राजनीतिमा केही गर्न आउदै हुनुहुन्छ ,यतिकै हराउनु पो हुने होकि भन्ने डर लागिरहेको मनमा।यो स्वाभाविक पनि हो किनकी तपाईं हामीलाई थाहा जतिनै कुरा गरेनी, गफ गरेनी अन्त्यमा भोट खसाउने बेलामा आफ्नै पाटीलाई भोट दिन्छ्न वा दिन्छौ हामी मानिसहरु ।यस्तै बानी विकास भएको ,यो तपाइले पनि भन्दै आउनु भएको कुरा हो , यो यथार्थ पनि हो ।यस्तो अवस्थामा तपाईं हराउनु पो हुने होकि डर मनमा ज्यादै ।भोट माग्न मात्र गाउँ पस्ने राजनेताहरुको प्रविधि बाट मानिसहरु वाक्क भै सकेका छन ।अब तपाईं केही फरक तरिकाबाट गाउँ पस्नुहोस भन्रे चाहाना ।भुकम्प पिडित,गरिब किसान सगै केन्द्रित रहेर योजना बनाउनुहोस ,टिम खडा गर्नु होस कडा निगरानिमा काम गराउनुहोस ,तपाईंले चाहानु भयो भने एउटा गाउँ देश नै बन्न सक्छ ,सुखी सम्पन्न ।किनकी तपाईंलाई सहयोग ज्यादै आउनेछ , यस्मा विस्वस्त छु
अर्को पाटो के पनि भने पाटी पछि पर्दै गरेको स्थीतिमा तपाईं अरु कुनै पाटी सग समायोजन हुनुहुने होकि भन्ने पनि मनमा ,अनि फेरि एजेन्डामा अल्झिएर समय खेर जाने होकि भन्ने पनि मनमा डर , यस्को उदाहरण डक्टर बाबुराम भट्टराई तपाईं हामीले हेर्दै देख्दै आएका छौ ,कति नमिठो तरिकाले उहाले आफ्ना प्रशम्सकको छातिमा लात हानु भएको भन्ने कुरा पनि देखिएकै कुरा हो।
यस्तो तत्कालीन स्थीतिमा जनताको मन ,मस्तिष्कमा ठाउँ बनाएर हिड्न अगि बड्न केही कठिन पक्कै ,तर तपाईले यो सक्नुहुन्छ देशले एउटा गति लिने आशा बोकेको छु ।जुन दुख जस्ले तपाईंलाई मलाइ पिरोल्छ ,त्यो सायद बिस्तारै हट्ने ।एउटा नयाँ आशा जस्ता धेरै युवाको मनमा जन्म लिएको ।सबै कुराहरुलाइ मध्यनजर गर्दै अघि बड्नु होला ,हामी सधै तपाईंको साथमा छौ यो बलेको दियो सानो गल्तिले ननिबाइ दिनु होला यहि आशा भरोसा बोकेको छु
  
                                  
तपाईंको प्रशम्सक
                                   
आशिष भट्टराई
                                   
जडिबुट्टि काठमाडौं 

Comments

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!