पैतालाको हिडाइँ ! आखाँको हेराइ ।।


हात मुख धोएर ,साथी भाई सँग घुम्न निस्केको म । चाडै खु:शी हुन्छ मन 'घुम्न ज|ने ' भनेको सुनेर । किन, मनले चाहेको पनि त्यै पो होकि ,'घुम्न जाने'। Frequency match भए जस्तै छ । साझँ ढल्न लागेको छ , बाटा उज्याला बत्तीले भरि सकेका छ्न । साझँ ,साझँ भन्न नमिल्ने भएको छ ।मान्छेको आवज ,जावज कत्ती पनि कम भएको छैन । बाटोले पनि हरेक पाइलालाई बाटो दिएर पुन्य कमाई रहेको छ । मेरा पाइला पनि अघि सर्दै छन । सुन्दर आवरण, आकृती,वस्तुहरुलाई अवलोकन गर्दै । चित्र मनमा आखाँले कोर्दै ।म घुम्न निस्केको छु ।घुम्न निस्केको ।°°°°°°°°
म खुशी होकि सु:खी भएको अनुभव गर्दै छु । फरक नै के छ र म ,म भएको आभास न हो । मलाई म हुदा को चाहिन्छ र ।खै चाहिदैन कि ?थाहा भएन ।
शान्ति ,खुशी ,सुखी,स्नेह, माया,मोह आनन्द त हो नि ।
मनको आनन्द ,आँखा बाट चित्र कोरिएर ,दिमागले आकार दिन खोजेको मनको सन्दुष्टि ।
जे होस राम्रो आभास लागी रहेछ । घुम्न निस्केको म ।°°°°°
चार कदम अघि सार्छु अनि फेरि रोकिन्छु ,निकै राम्रा वस्तु चित्र म हरेक चार कदममा पाई रहेको छु । त्यही भएर त पूरा भएको छ , मेरो सोचाइको चाहाना रुपी संसार ।
आफैले पाएको 'मान्छे ' को उपनाम म अरुलाई पनि सार्दै हरेकको दुनियाँ निहाली रहेको छु ।
कोहि हातमा हात मिलाएर अघि बढी रहेका छ्न ।
कोहि हात लडाएर माटामा पल्टिरहेका छ्न । कसैले सासमा सास जोडिरहेका छ्न ।
यहि त फरक होला है ,खै उत्तर छैन मसँग। प्रश्न नि आफ्नु हुन छाडी सक्यो। आवरणलाई म पत्याउन्न ,तर आवरणले यी आँखा किन चाडै तान्छ म बुज्दिन , म अर्धनग्न मन पराउदिन। म अघि बढि रहेछु। नाचघर जानू पर्दैन मलाई। चलचित्र हेर्न 'cinema hall' पुग्नु पर्दैन ।म यहि समयको, यथास्थितिको चित्र देख्न सक्छु। म यहि दु:ख देख्न सक्छु। म यहि खु:शी देख्न सक्छु। मेरा पाइलाले अघि सर्न बाट बन्देज लगाए, आँखा अडिए,अनि शरिरले दायाँ मोड्यो। गल्ली सानो छ तिहारमा लगाउछौ हामी ती सानासाना LED बत्ती ,म त्यो गल्लिमा देख्छु झलमल्ल ।' आँखालाई सन्दुष्टि मिलेको छ ,आँखालाई तिहार आएको छ ।°°°°?।
भित्तामा हातले कोरिएका चित्र म हेर्छु अनि हराउँछु,चित्रकै दुनियाँमा आखीर किन यति सुन्दर छ यो चित्रको दुनियाँ ।मेरै लागी बनाइदिए जस्तो मेरै लागी कोरिदिए जस्तो ।म जस्तो दुनियाँ सोच्दछु ,उ त्यसैमा डल्की दिन्छ । उ त्यसैलाइ दुनियाँ ठानी दिन्छ । धन्यवाद चित्र ।धन्यवाद चित्रकार ।मेरो दुनियाँ बनाइदिएकोमा ,म आभारी छु ।।°°°°°°°°
ढोका उगरियो शवागत पनि कति भव्य,न म चिन्दछु उनलाइ ,न उनी चिन्दछिन मलाई।। धुवाको मुस्लोले मेरो शरिरलाइ एकै पटक दसौ दिशाबाट हिर्काइ रहे जस्तो ,कति गाह्रो स्वास फेर्न। फेरि पनि म देख्दछु ,तिहार झै झिलिमिलि बत्तिहरु ,रातो ,पहेँलो ,हरियो।
बल्दै निभ्दै ,बल्दै निभ्दै,बल्दै निभ्दै।°°°°°°
यो संसार अर्कै रहेछ । क्यासेटमा रहेको Music लाई Sound system ले Amplify गरि रहेको छ। म आफू बोलेको आफै सुन्दिन। म आफू, आफू पो भइन कि? खै
आँखाले बाटो ठम्याउदै ठम्याउदै ,म एउटा टेबलमा बस्न पुगेछु। आँखाले चारै तर्फ हेर्न बल्ल ठाउँ पाए जस्तो ,बल्ल धुवाँको हावा बानी भए जस्तो ।अनि देख्दैछु त्यो अर्धनग्न शरीर । त्यो sound system ले Amplify गरेको music मा लय मिलाउदै एक योवनमा हिड्दै गरेकी केटि नाची रहेकी छिन। त्यो सुन्दर्ता, जवानी आज खै किन खास लागेन ।बाध्यताले डोराएको बाटो त्यो कति भारि भए होलान खै आभास नै हुन सकेन।°°°°°°°°
म त खुशी, हासो देखेर ,त्यस्को परिभाषा खोज्न ,आफ्नो दिमागमा चित्र कोर्न पो थालिसकेछु।त्यो हातले त आखिर हात नै मागेको हो,तर त्यो हात दिन खै किन सजिलो कसैले मान्दैनन्। बरु बदलामा आशा राखेर पिरोल्छन ।एउटाले आस दिन्छ ,अर्कोले भर ,अर्कोले माया अनि अर्कोले सपना। तर हात स|ट्दा साट्दै आज उनको हात साट्न नमिल्ने भएको छ । न उनी बुज्दछिन यस्लाइ ,न म बुज्ने सामर्थ राख्दछु।°°°°°°°
बुज्दछ जस्ले ,जस्को गोजि यो पैसा नामको मुद्राले भरिएको हुन्छ, उ बुज्दछ दुनियाँ, उ देख्दछ दु:ख, उ बगाउदछ स्नेह,उ सुन्दछ काहानि, पैसा नाम पाएको कागजी खोस्टो रहुनजेल। अनि त आज उनको भरोसा, भरोसा भन्न लायक पनि छैन। अनि त आज उनका इच्छा,इच्छा राख्न नसक्ने भएको छ। तर उनैले पाएकी छिन त्यो ठूलो उपनाम। खै मेरो मुखले उचारण गर्न सकेन। आखिर म सोच्दछु, पैसा नबनाएको भए आज को धनी को गरिब हुनेनै पो थिएनकी ,आज हातले आर्को हात माग्न त्यस्तो नृत्यको साहारा लिनु पर्ने पो थिएन कि। त्यो सुन्दर जीवन, त्यो जीवनशैली कति आनन्दमय हुन्थ्यो होला ।घुम्न निस्केको रमाइलो जस्तो ।°°°°°°°
आवरणले फरक कति तुल्याउन सक्छ ,बाध्यताले बाटो कति डोर्‍याउन सक्छ ,मुद्राले गलत कति बडाउन सक्छ ।प्रश्न मात्रै छ ।मात्र प्रश्न ।उत्तरले उत्तर दिन छाडी सक्यो ।म म नभएको आभास बाट लोतपोती सकेछु।अनि आँखा रसाउन थाली सकेछन , मन भारी हुन थाली सकेछ । आखिर दिएको यै एउटा जीवन रहेछ। धुवा, टेबुल, झिलिमिली बत्ती, Astrey, भिड,चर्को आवाज,सबै एकै नास छोडेर उगरियो ढोका ,त्यही आदार,आदर दिन नसक्ने भैसकेको छ अनि चिसो हावाको स्पर्शले शरिरलाई काडा उमरने गरि हिर्काउदा सपनाबाट बिउझाइदिए जस्तो लाग्दो रहेछ। त्यो पुरानै बाटो कत्ती फरक लागेको ।त्यही चित्रले किन दुनियाँ देखाउन छाडेको।त्यही छोटो बाटो किन यति लामो लागेको, त्यही मन यति किन दुखेको। फेरि पनि प्रश्नकै जन्जालमा साङ्गुरिएर आँखा रसाइ रहेछन ,मन जलि रहेछ ।आँखा बन्द हुन सकेको छैन्न । आमाले मीठो मानेर बनाउन भएको खाना ,नमिठो भएको छ ।ओछ्यान सजिलो हुन छोडेको छ ।बत्ती बलि रहेछ।भित्ताले उत्तर दिएको छैन ।।

Comments

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!