म त, किनारमा उभिएको मान्छे ।।

किन झरिरहेछ,इ
आशाका आँसुहरु
झरी बनेर ?
किन मडारिरहेछ यो
आकाशमा,
दबिएका स्वतन्त्र
ध्वनीहरु ?

म त,
किनारमा उभिएको मान्छे,
बालुवामा भविष्य
लेख्दै गर्दा,
छालहरु सँगै भाग्य मेटिएको मान्छे ।

सारङगी रेटिरहेको साइलाले
देशको गीत गाइरहेको छ
कि,
आफ्नो भोको पेटमा
गुनगुनाइरहेको छ,
सहर छिरेको
ठुलदाइले,

  • श्रम बेचिरहेको छ कि,

भविष्यका अनुहारहरु ।

म त,
किनारमा उभिएको मान्छे,
हेरिरहेछु,
प्रजातन्त्रले स्वतन्त्रता लुट्दै गएका कथाहरु ,
वरपिपलका पातहरुले आफ्नो आनुहार
फेर्दै गर्दा,
बलात्कृत भएका ती कलिला पालुवाहरु ।

हेरि रहेछु,
बगि रहेका राता रगतका भेलहरु ,
रङ्गाउदै ती छितिजका
अनगिन्ती आशाहरु।

म त,
किनारमा उभिएको मान्छे
बुझदै छु ,
आशाको गरुङ्गो भारी बोकेर
सिकार गर्न गएको हर्के ,
आज किन आफै सिकार भएको छ ।

आशा उस्तै छ,
कल्पना उहीँ छ
स्वतन्त्रताको भाषण बिकिरहेछ ।

म त,
किनारमा उभिएको मान्छे ,
देखिरहेछु,
खाली झोला बोकेर सहर झिरेको
रामे,
आज बाकस लिएर आएको छ ।

अनि
आँसुको भेल,
स्वतन्त्रताको खेल
बर्षौसम्म,
युद्ध मैदानमा ,
महानताको ब्यापार चल्ने चालाउने,
जन्मी रहदा रहेछ्न ।
   
                                        -आशिष भट्टराई

Comments

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!