१४ बर्षकी तिमी //

१४ बर्षकी तिमी,
न मतलब छ, तिमिलाई दुनियाँको
न मतलब छ,तिमिलाई अरु कसैको ।
तिमीलाइ मतलब छ त केवल
तीम्रा ती २ भैंसी र ४ बाख्राहरुको ।

आमा बाबा हुदाको आभास कस्तो हुन्छ
थाहा छैन तिमिलाई
दादाको अङ्गालो कति सुरक्षीत हुन्छ
थाहा छैन तिमीलाई ।
तिमीलाई थाहा छ त केबल
ती बाख्रा र भैंसिहरुको जसलाई
तिमी अनगिन्ती माया गर्छौ ।

कस्तो सपना अनि कस्तो भविस्य बोकेकी छौँ
थाया छैन तिमिले,
यत्ति थाहा छ,तिमी बढ्ने छौ धेरै अगी अनि
पुग्ने छौ धेरै माथी ।
१४ वर्षकि तिमी ,
दिइन्छ दुइ छाक,
गराइन्छ तिमीलाई काम हरेक रात ।

आज तिमीलाई मन छैन केही गर्न ,पीडा छ तिम्रो
शरिरको तर तिमिले पाउनु छैन भन्न कसैलाई
तिमीलाई पालना गर्नु छ केवल आदेशको
अनि तिमिलाई मात्र गर्नु छ काम ।।

तिमी मत्लब नगर्नु कसैको तिमिलाई
माया गर्दैनन कसैले ,
तिमिलाइ माया गर्छ्न त केवल ती
तिम्रा ती २ भैंसी र ४ बाख्राहरुले ।।

यती मिठा तिम्रा बोलि,यती राम्रा तिम्रा पाइला
बढी रहनु सधै अघि ।
एउटा इतिहास बनेर,आशा भरोसा र कलपनाको
बिचमा बाची रहनु तिमी एउटा जीन्दगी ।

तिमी हासी रहनु तिमी अघि बढी रहनु
तिमीलाइ साथ दिहिरहनेछन ,तिम्रा ती
२ भैंसी र चार बाख्राहरुले ।
आउनेछन उज्याला दिनहरु ,अनि खुशीका रातहरु
बोकेर माया ममता र अदृश्य साथहरु ।।
१४ बर्षकि तिमी ।।
। - आशिष भट्टराई

Comments

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!