भिड !

भिड
भिड को अस्तित्व कति लामो छ,
त्यही भिड जो नयाँ कानुन स्थापित गर्छ
त्यही भिड जो स्थापित कानुन खण्डन गर्छ
भिड कहिल्यै मुठी बनी बल बन्छ
भिड कहिल्यै धेर बनी छताछुल्ल बन्छ
धेरै इतिहास बोकेका भिड आज कापिका पानामै सिमित रहेका छन
धेरै भिड स्वयम अहिले जुझारु रहेर शक्ति बनी रहेका छन।
यस्तै छ
भिड चाहिन्छ पनि चाहिदैन पनि ।
मान्छे मान्छे को भिड जनवार जनवारको भिड
प्रकृति प्रकृतिको भिड
भिड भिडै भिड।

Comments

Popular posts from this blog

The weight of living

Isolating myself!