आई रियल्ली मिस यु मेट ।


                                                                                    एक सह-यात्री आवश्यक छ तिमिलाइ,

जसले मतभेदमा मत अनि भेद को वैचारिक भिन्नता प्रष्ट बुझेको होस। भेदलाई एउटा मीठो सिकाईमा ठेल्दै, मतको गुलियो स्वादमा बिलिन हुन प्रेरित गरि रहोस। आधा खाली र आधा भरिएको पिठ्युँको गागृमा, पृथ्वीको गहन एनरजिको वार्तालाप केलाउन पाइ राखियोस। म सम्झिन्छु त्यो समय, जब आधा उगृएको अनि आधा कालो बादललाई हेरेर हामी कापी कोर्ने गर्थ्यौ, अनि देख्थ्यौ अनेकौ दार्शनिक विचार, कला कृति र मिस्टृसियस एनर्जिको उतरचडाब। सायद मेमोरिले पनि वर्तमान समय बलियो बनाइदिदो रहेछ। आहा! केही त थियो जसले त्यतिका मतभेद भए पनि हामीलाई एउटै  सिक्का को "हेड एन्ड टेल" जसरी टासी राख्यो। आज मिस्टृसियस एनर्जी नै भनिदिए मैले, तिमी यसमा अलि बढी नै सहमत हुने छौ। तर छ केही जस्लाई सायद शब्दले नै बयान गर्न सक्दैन, जस्लाई हामी नाम वा लोजिक्ले आकार दिन सक्दैनौ। गल्ती कति भए होलान तर आत्मीयता र ममता हरार काहिँ जादो रहेनछ। समय त्यहि रहेछ, थपिदिन्छ तिम्रा याद अनि हाम्रा मीठा पलका थुप्राहरु जसले बाच्ने र बचाउने आशा दि रहन्छ। मलाइ भनी रहन मन लाग्छ तिमीले देखेका सपना जसमा तिमी स्वयम आफु नभएर, समाज र मानव यन्त्रका विकासका कुरा, विचार अनि उतप्रेरणा हुन्थे। मिस्टृसियस एनरजिका काल्पनिक विचारधारा अङ्गालेर तिमी सबैलाई मख्ख पारिदिन्थ्यौ। सबैको प्यारो तिमी खै के खोट देखाउने मित्र तिमीमा। सायद स्ट्रेस मा एस्ट्रे तान्ने तिम्रो बानी खराबनै हुनु पर्छ तर म त्यस पलको सम्झाना गर्न खोज्दा केही भेटाउथे, एउटा फ्रेगरेन्स, भिन्न एनर्जी जुन मेरा भावनामै सिमित रहे। साथी सँगै पाइला साट्दै ती उकाला कान्लाहरु बिच जब हाम्रो स्वास फुल्थ्यो तिमी भन्ने गर्थ्यौ केही मुठी स्वास हो अभय अब मेरो धेरै बाकी छैन। त्यस बेला म बुज्दो रहिनछु, तिम्रा हरेक शब्द र भनाइले आधार दि रहेका रहेछन, तर म सधै यहि आभास गरिरहे, नजिक भएर टाढा। मिठास नै यहि थियो तिमीमा, केही भनेनौ अनि सबै भन्यौ। धेरै गर्यौ अनि केही गरेनौ, उक्लि रहयौ अनि झरी रहयौ। फरक यहि थियो। फरक धेरै थियो। मैले तिमीलाई मार्ग देखाइ रहे अनि तिमीले मलाई मार्ग हिडाइ रहयौ। कस्तो अचम्म भएछ, तिमी हासी रहयौ म तिमिलाई देखेर हासी रहे। साथ त त्यतिन्जेल नै रहेछ, धुवाका मुस्ला जतिन्जेल हावामा उडि रहे, मैले कयौ पटक तन्काउन प्रयास गरि रहे, तर समय त्यही रहेछ। समय त्यति रहेछ। जब डाढा बाट मैले ती बाक्ला धुवाका मुस्लाहरु हेरे म रोइन किनकी तिमीले मलाई रुन कहिले सिकाकै रहेनछ। पानी आँसु बनेर हामीले कहिले निकालेकै रहेनछौँ अनि हामी त्यसरी बिलिन कहिले भएकै रहेनछौ। माफी गर्देउ निरभए। आँखा रसाका छैन्न, मन दुखेको पनि छैन। मलाई थाहा छ तिमी खुशी नै छौ। अझ बढी खुशी छौ होला किनकि तिमी सबै देखि रहेछौ। बुझी रहेछौ। पहिलो परिचय नै निरभए लागेको तिमी निरभए भएरै बचेउँ। मैले त निरभए पाएको हैन रहेछु, मैले त जीवन पाएको रहेछु, मिठास पाएको रहेछु अनि सहयात्री पाएको रहेछु। तिमी रहेनौ तर तिमी बाची रहने छौ निरभए भएर। अमर मैले  जानी जानी भनिन किनकि तिमी निरभए भएरै रहनेछौ, तिम्रो जित सायद यहि हो। तिम्रो सफलता सायद यहि हो। तिम्रो जीवन सायद यहि हो। सयद तिमी यहि हो। म प्रस्ट्याउन पनि चाहान्न। तर म रोकिन पनि चाहान्न किनकी मलाई धेरै भन्नू छ, मलाई ठुलै कराउनु छ। ध्वानीले तिमी बनाउनु छ, तिमीलाई उठाउनु छ अनि तिम्रो मार्ग पनि देखाउनु छ। तिमीलाई थाहा छ तिमी आफू तिमी त थिएनौ तर तिमीले मलाई म बनाएछौ। गौतम बुद्ध जसले भगवान छैन्न भन्ने धर्म निकाले अनि आफू स्वयम् भगवान बने। मदभेदको मत अनि भेद केही थियो जुन मैले राम्रो सँग बुझेको छु र आज कयौंका लागि निरभए भएर बाच्ने प्रेरणा पाएको छु।

त्यही फ्रेगरेन्स न बाढे पनि एउटा मार्ग दिदै छु, अनि तिम्रो हाम्रो सपानालाई आकार दिदै छु। तारिफ मन नपराउने तिमी, छुट्टै थियौ, तिमी तिमी थियौ । तिमी निरभए थियौ।                                                                                                          आई रियल्ली मिस यु मेट ।



Comments

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!