अगेनाको डिलमा एक साँझ !
कोइलाहरु बढी रहेछ्न
आमा
थपिरहनु हुन्छ
अगेनामा दाउरा
सुनाइरहनु भएको छ ती,
छोडिएका पाइतालाका डोबहरु,
थिचिएका भावनाका
पखेटाहरु
समाजले दिएका अनेकौ बन्देजहरु ।
रोजाइका हिडाइ प्यारा हुन्छन
अनि यादहरु अझ मिठा ,
कहिलेकाही थकित दिनहरु
अनि कामहरु बैराग लाग्छन,
पाइतालाका छालाहरुले साथ दिन छोडे
झै
समय आफ्नो बन्न छाडे जस्तो लाग्छ ।
ननिदाएका अनेकौ रातहरु
नखाएका अनेकौ छाकहरु
सधै दिएर जान्छन जिवनका
मिठा पाठहरु ।
घृणाको आभास पिटाइ र
जड्याहाको साथ
फेर्न सकिन्छ मुहार
सिकाउदै जाउ मायाको पाठ
परिवर्तित समय र
तिम्रा आश
डटिरहनु
केलाउदै
मिठा
मुसकानका साथ ।
आमा भन्नहुन्छ
घाम अस्ताउछ
अनि फेरि उदाउछ आशा मार्नु हुदैन ।
अध्यारा रातहरुले चम्किला ताराहरुको अस्तित्व
जोगाएको छ ।
उज्याला
दिनहरु
पनि उल्लू लागि खास हुदैनन
अस्तित्व बोकेको छ माटो ढुङ्गा
अनि यी रुखहरुले ।
त्यसरी नै
अस्तित्व बोक्छौ तिमी र
तिम्रा सन्ततिले
पर्दाहरु उगृएक छ्न मेरा
आँखा र मनका ।
म
सुनिरहेछु,
अगेना र मेरो मन न्यानो
भएको छ ।।
आमा
थपिरहनु हुन्छ
अगेनामा दाउरा
सुनाइरहनु भएको छ ती,
छोडिएका पाइतालाका डोबहरु,
थिचिएका भावनाका
पखेटाहरु
समाजले दिएका अनेकौ बन्देजहरु ।
रोजाइका हिडाइ प्यारा हुन्छन
अनि यादहरु अझ मिठा ,
कहिलेकाही थकित दिनहरु
अनि कामहरु बैराग लाग्छन,
पाइतालाका छालाहरुले साथ दिन छोडे
झै
समय आफ्नो बन्न छाडे जस्तो लाग्छ ।
ननिदाएका अनेकौ रातहरु
नखाएका अनेकौ छाकहरु
सधै दिएर जान्छन जिवनका
मिठा पाठहरु ।
घृणाको आभास पिटाइ र
जड्याहाको साथ
फेर्न सकिन्छ मुहार
सिकाउदै जाउ मायाको पाठ
परिवर्तित समय र
तिम्रा आश
डटिरहनु
केलाउदै
मिठा
मुसकानका साथ ।
आमा भन्नहुन्छ
घाम अस्ताउछ
अनि फेरि उदाउछ आशा मार्नु हुदैन ।
अध्यारा रातहरुले चम्किला ताराहरुको अस्तित्व
जोगाएको छ ।
उज्याला
दिनहरु
पनि उल्लू लागि खास हुदैनन
अस्तित्व बोकेको छ माटो ढुङ्गा
अनि यी रुखहरुले ।
त्यसरी नै
अस्तित्व बोक्छौ तिमी र
तिम्रा सन्ततिले
पर्दाहरु उगृएक छ्न मेरा
आँखा र मनका ।
म
सुनिरहेछु,
अगेना र मेरो मन न्यानो
भएको छ ।।
ननिदाएका अनेकौ रातहरु
ReplyDeleteनखाएका अनेकौ छाकहरु
सधै दिएर जान्छन जिवनका
मिठा पाठहरु ।
आमा भन्नहुन्छ
घाम अस्ताउछ
अनि फेरि उदाउछ आशा मार्नु हुदैन ।
अध्यारा रातहरुले चम्किला ताराहरुको अस्तित्व
जोगाएको छ ।✍️😍😊
धन्यवाद 😍
Delete