हिजो म १६ वर्ष पुगेछु।

हिजो म १६ वर्ष पुगेछु।
आमाले भन्नू भएको, अब यो घर मेरो हैन रे। बाल्यकालिन सोच ,भावाना र उटपट्याङ्गले कहिले म १६ बर्ष पुगे अनुभव कमै गर्न सक्छु। भावनाका फुलहरु मेरो मन मस्तिष्क मा बिजारोपण गर्न थलेका छ्न। बिहानी को घाम फरक देख्छु  ,मलाई नै गिज्याएर टुलु टुलु हेरि रहे जस्तो लाग्छ ! कती मीठो समय ।
नयाँ लुगा, श्रृङ्गार का सामान देख्दा म कति खुसी छु।
आमाले एक एक गरि मलाई सुन्दर बनाउन मा आफ्नु समय खर्ची रहनु भएको छ।
आर्काको घरमा भनेको मान्नु पर्छ रे, जे भनेनी सुन्न पर्छ रे आमा मलाइ एक एक गरि सिकाउदै हुनुहुन्छ।
म चुप लागेर सुनी रहेकि छु। म त नयाँ लुगा लगाउन पाएकोमा खुशी छु अनि आमा बाबा आफ्नु जिम्मेवारी पूरा गर्न पाएकोमा।
फरक छ धेरै फरक।
बाजा गाजा सहित घरमा नाज गान छ अनि मान्छे आफन्त को भिड ,
मलाइ भेट्न ललिता रिता र कृसन आएका छन ,
म त पराइको घर जान लागेको रे ,सँगै खेल्न अब म पाउदिन रे अनि कति कति कुरा भनेका
म आधी भन्दा धेर कुरा बुज्दिन तर म मेरो नयाँ लुगा देखाएर दङ्ग छु । हे र त मेरा नयाँ लुगा
सबै एक ढक्क भएर आरिस गर्छ्न म गजक्क पर्छु ।
आमा भित्र आउनु हुन्छ ,
सबै साथी हरु बाहिर जान्छन।
आमा भन्नुहुन्छ
छोरी तिम्रो विवाह हो आज। अब बाहिर जाम,
कर्य बिद्दी हुन्छन
बस्नु पर्छ है मन्डपमा आमाले भनेको मानेर चुप लागेर।
बाहिर जान्छु सबैले मलाई नै हेरि रहेका छन। मलाइ नै कुरेर बसेका जसरी।
नयाँ लुगा र श्रिङ्गार लगाएर म गजक्क पर्छु ।
अनि एक जाना पुरुष, दारी जुँगा आएको, ठुला पाखुरा भएको मान्छे को छेउ मा आमा मलाई राखिदिनु हुन्छ। अनि भन्नू हुन्छ पन्डित ले के के भन्नु हुन्छ त्यसै गर्नु है ।
म चुप लागेर बस्छु ।
फुल हातमा राख्नु , हात माथी हात राख्नु। म मानी रहेकी छु।
ज्ञानि भएकि छु आज म।
मलाई त खेल्न जान हतार भैसको कत्तिन्जेल बस्नु पर्ने याहाँ उकुसमुकुस हुदै छु भित्र भित्रै।
तर पनि आज म ज्ञानि भएकि छु ।
बिस्तारै आभास हुन्छ मलाई तिम्रो बिवाह हुँदै छ छोरी। तिमी पराइ को घर जाँदै छौ। एक्कासि
मेरो मन भारी हुन्छ ,कर्ज्यक्रम सकिन्छ अनि हिड्ने बेला हुन्छ। आमाको आँखामा पहिलो पल्ट आँसु देख्छु म।
मेरा आँसु खस्छ्न। मेेेेरि प्यारी आमा ,बुबा बाट टाडा लगिदै छ मलाई ।
म रुन्छु म भक्कानिन्छु ।
पुरुष मलाई सम्हाल्छन अनि गाडि मा चढेर हामी बढ्छौ खै कता, हरेक गुडाइ मोटरको मलाइ अझै पिरोल्छ। मन अझै असहनिय हुन्छ
मेरा आँसु फेरि फुट्छन । अनि मन निस्किएला जस्तै गर्छ। आखिर कस्तो भाग्य बोकेकि रहेछु खेल्ने उफ्रिने बेलामा अर्काको घर को जिम्मेवारी लिनु पर्ने।
सबैको ख्याल राख्नु पर्ने ।आफ्ना इछ्या ,भावना दबाएर अघि बड्नु पर्ने।
हामी पुगिम र वोर्लिएम गाडी बाट खोलाको किनार, झलमल्ल पारिएको घर, मलाई भित्र हालियो ।
धेरै मानिसहरु आइरहेका छन मलाई हेर्न मलाई हेर्दै हास्दै खुसी हुँदै गइ रहेका छन ।
पहिलो चोटि मलाई आभास भै रहेको छ ,यत्ती धेरै मान्छेले घेरिएको बेला पनि म एक्लो अनुभव गरि रहेकि छु ।
मैले आफ्नु भन्ने कोहि छैन याहाँ। उहाँ पुरुष हुनुहुन्छ जस्ले मलाई मेरो घर देखि नै छोड्नु भएको छैन ।
उहाँ नै हो अहिले मेरि आफ्नु मान्छे न मलाई  उहाँको नाम था छ न अरु केही नै।
कति एक्लो लागेको यो ठाउँ ।
राती हुन्छ ,बिहान हुन्छ ।
मलाई चुलो भान्सा देखाउनु हुन्छ सासुआमा ,पुरुष मलाई एक्दम माया गर्नु हुन्छ ।
ससुराबा टिचर भएर होला मेरो उमेर र मेरा भावाना बुज्नु हुन्छ ।
राम्रो छ परिवार तर म त खेल्ने उमेरमा जिम्मेवारि बोकेर सपना देख्न नपाउदै आर्काका लागि काम गर्न थलेछु ।
खोलाको किनारमा छ हाम्रो घर ,घर मै खाजा नास्ता बेच्ने गर्नु भएको छ सानू होटेल छ।
आमा बा नै बिरामी हुनुहुन्छ औसदी खानु हुन्छ बिहान बेलुका ।
अनि पुरुष खाजा नास्ता बनाउन सगाउनु हुन्छ ।
पानी लिन म खोलाको किनारमा जान्छु अनि हराउछु घन्टौ सम्म
सम्जिन्छु आमा , घर , ललिता रिता खेत अनि सम्पुर्ण आफ्नु बाल्यकाल
मन त उतै छ , आफ्नु भन्नु उतै छ , आँसु झर्छ आँखा बाट अनि फिर्छु आशा भरोशा बोकेर सधैं ।
यसरी अन्जान ठाउँ आफ्नु भएको पनि १ बर्ष बिति सक्यो ,
काखमा छोरो छ 1 महिनाको ,अनि जिम्मेवारी थपिएको छ अझ ठुलो ।
आफै खेल्ने उमेर मा बच्चा हेर्नू छ ,काम गर्नु छ पानी ल्याउनु छ ।
म बिहान देखि बेलुका सम्म फुर्सद हुन्न। बिति रहेछ समय यसरी नै मेरो सधैं अर्का कै लागि काम गरेर।
मलाइ त पढ्नु थियो ,बड्नु थियो खेल्नु थियो ।
तर अब त म बाची रहेछु यहि परिवारको इछ्या पूरा गर्न। सानु बालक को भविष्य उज्ज्वल बनाउन ।
दबाएर इछ्या भोक अनि सोचहरु।
खुशि हुने बाटा नि धेरै छन।
समाजका परिवार देख्छु, दिनहुँ झगडा अनि होहल्ला अनि मेरो परिवार, माया गर्नु हुन्छ सबै जाना, कुरा बुझ्नु हुन्छ। राम्रो परिवार छ। आमा कुरा बुज्नु हुन्छ ।बा भनेको मन्नु हुन्छ। तर

मेरो सपना त कुल्चिएको छु मैले ।😔
कहिले काहीँ प्रश्न गर्ने गर्छु आमा के म धेर भएको थिए र घर मा ,आमा सबै कुरा देख्ने तपाईं  मेरा सपना देख्नु भएन र ती अखाँले ।
आमा आफ्नु दाहित्व पूरा गरेर खुशी हुन्हुन्छ। आखिर छोरीको भाग्य पराइ घर जाने नै लेखेको छ ।
एउटा शिक्षा को कमिले आमाले मेरो सपना देख्नु भएन अनि समाजले दिएको दायित्वले अन्धो हुनु भयो। आमालाई दोस्ने ठाउँ पनि केही छैन ।
गुनासो छ त मलाइ यो समाज देखि जस्ले छोरीको इछ्या देख्दैन, सपना देख्दैन
अनि जस्ले दिएको छ "छोरी त पराइको घर जाने जात हो" ठूलो अन्दविस्वास । जस्ले जरा गाडेको छ हाम्रो समाजमा। कस्ले बनाए होला यी नियम।
त्यै भएर आज म आफ्नु छोरा लाई सिकाइ रहेकि छु सबैलाई आधार गर्न।
अनि सधै सबैको भलो गर्न। पढाई रहेकि छु,
त्यै भएर पछि मैले जस्तै दुख नपावोस, मैले जस्तै सपनाहरु को आहुती दिन नपरोस र जिउन सकोस आफुले चाहेको र रोजेको जिन्दगी।

विवाहको मतलब नै नबुजी विवाह गर्न पुगेकी म आज बर्षौ पछि आफ्नु बिगत कोट्याइ रहेकि छु ।
आफ्नु इछ्या आकाक्षा दबाएर बडाएका पाइलाहरु सम्झन्छु अनि आशा राख्छु यो समाज अनि समाजका मान्छेको सोच बद्लियोस र कसैको पनि सपनाको आहुती दिन नपरोस ।
आमा धन्यवाद छ तिमिलाई मलाई जन्म दिएर जीवन चिनायौँ। अनि मेरि अर्कि आमा धन्यवाद छ तिमिलाइ पनि जस्ले घर सम्हाल्न सिकायौ ।
देखायौ दुनियाँ अनि बुजायौ समाज ।
मेरो पुरुष प्रती त म सधैँ आभारि छु जस्ले आर्को पुरुष दिनु भएको छ मेरो काखमा अनि माया गर्न  सिकाउनु भएको छ। मायाको महत्त्व बुझाउनु भएको छ। म मेरो जीवन प्रती आभारी छु
र समाज सुधार्ने मेरो पाइला सधैँ अघि बढी रहने छन।



Comments

Post a Comment

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!