हिजो म १६ वर्ष पुगेछु।
हिजो म १६ वर्ष पुगेछु। आमाले भन्नू भएको, अब यो घर मेरो हैन रे। बाल्यकालिन सोच ,भावाना र उटपट्याङ्गले कहिले म १६ बर्ष पुगे अनुभव कमै गर्न सक्छु। भावनाका फुलहरु मेरो मन मस्तिष्क मा बिजारोपण गर्न थलेका छ्न। बिहानी को घाम फरक देख्छु ,मलाई नै गिज्याएर टुलु टुलु हेरि रहे जस्तो लाग्छ ! कती मीठो समय । नयाँ लुगा, श्रृङ्गार का सामान देख्दा म कति खुसी छु। आमाले एक एक गरि मलाई सुन्दर बनाउन मा आफ्नु समय खर्ची रहनु भएको छ। आर्काको घरमा भनेको मान्नु पर्छ रे, जे भनेनी सुन्न पर्छ रे आमा मलाइ एक एक गरि सिकाउदै हुनुहुन्छ। म चुप लागेर सुनी रहेकि छु। म त नयाँ लुगा लगाउन पाएकोमा खुशी छु अनि आमा बाबा आफ्नु जिम्मेवारी पूरा गर्न पाएकोमा। फरक छ धेरै फरक। बाजा गाजा सहित घरमा नाज गान छ अनि मान्छे आफन्त को भिड , मलाइ भेट्न ललिता रिता र कृसन आएका छन , म त पराइको घर जान लागेको रे ,सँगै खेल्न अब म पाउदिन रे अनि कति कति कुरा भनेका म आधी भन्दा धेर कुरा बुज्दिन तर म मेरो नयाँ लुगा देखाएर दङ्ग छु । हे र त मेरा नयाँ लुगा सबै एक ढक्क भएर आरिस गर्छ्न म गजक्क पर्छु । आमा भित्र आउनु हुन्छ , सबै साथी हरु बाहि...