ती हाँगाहरुलाइ मेरो माया l

ती हाँगाहरुलाइ मेरो माया

त्यो एउटा रुखले मलाइ बताइ रहेछ , आफ्नै हागाँको मिलन हुन सक्दैन । जीवन त्यस्तै छ ,आफ्ना आफ्नै गन्तव्य ,अनि आफ्नै बाटो ,त्यही गन्तव्य तिर अघि बढी रहदा ,म सम्झन्छु ति चुट्टिएका हागाँहरुलाइ जस्ले त्यो समयलाइ मुल्यवान बनाएको थियो ।म सम्झन्छु त्यो छहारी जहाँ शीतलताको मुल्य कति माथी थियो ।
त्यो हावाले हल्लाउँदाको कलह अनि फेरि एकै रुखमा गाँसिनुको खुशी । त्यो रुख जस्ले सबैलाइ एकै ठाउँ समाएको थियो । जस्ले सिकायो हाँस्न, रुन अनि सधैं अघि बढि रहन ।आज धेरै हाँगाहरु तितरबितर छ्न ,आफ्नै गन्तव्य बनाउन ,आफ्नै खुशी खोज्न ,आफ्नै सुन्दर रुखको निर्माण गर्न ।अनि म सम्झन्छु समयले दिएको त्यो रुखको सुन्दर्ता ,शीतलता ,माया र ममता । हाँगा फेरि गासिएला छितिजको सुन्दर्ता बढाउनका निम्ति, सुरुवात एउटै थियो ।

Comments

Popular posts from this blog

The weight of living

Isolating myself!

Parents please stop resisting your daughters go school.