उनिहरु भोकै बस्छन !
मन मनै सोचे कति गहिरो होला यो मन, के भावानाका डोरि समाएर निस्कन सक्छु म खै? सोच्दै छु, एउटा भावानले पुर्ण रुप लिन नपाउदै आर्को आएर लिप्त भैदिन्छ। सोच्नु के हो? हावाले त्यो रुखको पातलाई हल्लाई रहेको छ, म महसुस गर्न सक्छु। के रुखले महसुस गर्ला त्यस हावालाई? महसुस गर्नु के हो? महसुस त म आफै गर्छु, उनी बसि रहेकी छिन उनी हुनु के हो? उनलाई मैले आफ्नु भन्नू कसरी? के उनी म भित्र छिन, मैले महसुस गर्नु भनेको के म भित्रै हुनु हैन र? बत्ती आएछ, सबैतिर उज्यालो छर्दै छ के म आफुलाई उज्यालो बनाउन सक्दिन र? पानीको आवाजले के बोली रहेको छ म सुन्न सक्छु तर बुझ्दिन, आखिर प्रकृति उदास भएको हो भन्ने प्रतिक्रिया दिए के हुन्छ र प्रतिक्रिया त अहिलेको जङ्गी अड्डा बनेको छ, चाहे मृत्यु होस या जन्म मानिस प्रतिक्रिया पोख्न आतुर भैहाल्छ। सबैको आफ्नु महसुस हुन्छ अनि मेमोरी, मान्छे त्यसरी नै बोल्छ जे डाटा बोकेको छ। म त आफू बुज्न हिड्दै छु मन बुज्न मनको गहिराही बुज्न , रमाको प्रेमी अटाउन सक्ने मन कत्रो हुदो हो, आमाको आँसु घुटुक्क निल्न सक्ने कत्रो साहासि हुदो हो , अपराधिको अपराध लुक्न सक्ने कत्रो मन ह...