Posts

Showing posts from January, 2020

ती हाँगाहरुलाइ मेरो माया l

ती हाँगाहरुलाइ मेरो माया त्यो एउटा रुखले मलाइ बताइ रहेछ , आफ्नै हागाँको मिलन हुन सक्दैन । जीवन त्यस्तै छ ,आफ्ना आफ्नै गन्तव्य ,अनि आफ्नै बाटो ,त्यही गन्तव्य तिर अघि बढी रहदा ,म सम्झन्छु ति चुट्टिएका हागाँहरुलाइ जस्ले त्यो समयलाइ मुल्यवान बनाएको थियो ।म सम्झन्छु त्यो छहारी जहाँ शीतलताको मुल्य कति माथी थियो । त्यो हावाले हल्लाउँदाको कलह अनि फेरि एकै रुखमा गाँसिनुको खुशी । त्यो रुख जस्ले सबैलाइ एकै ठाउँ समाएको थियो । जस्ले सिकायो हाँस्न, रुन अनि सधैं अघि बढि रहन ।आज धेरै हाँगाहरु तितरबितर छ्न ,आफ्नै गन्तव्य बनाउन ,आफ्नै खुशी खोज्न ,आफ्नै सुन्दर रुखको निर्माण गर्न ।अनि म सम्झन्छु समयले दिएको त्यो रुखको सुन्दर्ता ,शीतलता ,माया र ममता । हाँगा फेरि गासिएला छितिजको सुन्दर्ता बढाउनका निम्ति, सुरुवात एउटै थियो ।

HONDA सम्बन्ध 50 बर्ष सम्म !!

HONDA सम्बन्ध 50 बर्ष  सम्म !! म पाइला चाली रहेछु , हावाले धुलोको साथ छोड्न सकेको छैन । मान्छेहरु आफ्नै गन्तव्य तिर पुग्न भ्याइनभ्याई छ ।मेरो पाइलाले रोजेको गन्तव्य Room सम्म पुग्नु मात्र थियो । उनले भनेका कुरा सम्झन्छु ,मान्छेले लामो समय सम्बन्ध जोगाउन सक्दैन , यता honda ले 50 बर्षको सम्बन्ध गासी सकेछ । म उन्लाइ सम्बन्ध जोगाउन सिकाउने भएको छु ।तर अब त्यस्को के काम ।। न उनी छिन न सम्बन्ध Highway को walkwayमा म हिडि रहेछु ।सानो बालक भोकले मेरो हात समाउन खोजि रहेछ ।मेरो 50 रुपैयाले उसको भोलिको भोक मेटाउन सक्दैन। मेरो प्रश्न यहि छ ,के जन्मिनुनै उस्को गल्ती हो । शुन्यताले मलाई पिरोल्छ । अलि पर्तिर पुग्छु अनि देख्छु एक मानिस मधिरा पिएर  पल्टी रहेछ ।अचम्मको लिला छ संसारको ।। मलाइ आफैले हिडेको बाटोले साथ दिएको छैन कहिले म गहिरो खाडलमा छिर्छु र कहिले अति आनन्दमय ठाउमा ।म मेरो सोच अनि इ मेरा भावानामा यो कस्तो उतारचढाव । तिमी सगँ बोलचाल त भएको छैन म।तिमीलाई  देख्छु ,तिमी मलाई देख्छौ ।हाम्रा आँखा खुशी छ्न ।नजिकको टाढा टाढाको नजिक । आँखा आँखाको खेल  ।मन मनको खेल । म...

म भित्र को म ।

रुपैयाले हजारको दर्जा दिएको म एक खाटे पलङमा पल्टि रहेछु। बिहानको 12 बजेछ । खै त निन्द्रा म सोध्न कोशिस गर्छु आफ्नु अन्तरमनलाइ  ।  मौनता । ......... म सोची रहेछु ।आफ्नै  सोचको गहिराहि मापन गर्न  खोजी रहेछु ।भर्खरै इ सोच अमेरिकाको los angels पुगेर हतारिदै पर्तिर सीता को मीठो मुस्कान मा आएर हराएको थियो । म हास्छु । कति राम्री छिन सीता । कस्ले भन्न सक्छ मान्छेले कति सोच्न सक्छ ,सक्छौ भने भनिदेउ मलाइ पनि, मेरो यो सोचको मापन गरिदेउ ।अघि भर्खरै के सोचे थे अहिले बिर्सेछु । Recalling मा के समय बर्बाद पार्नु ।छाडिदिए सोच्न ।....... आज बादल पनि म सगँ अलिक बेसि नै रिसाएको छ। एक नाशले ठूलो पानी परि रहेछ। सिताको घर को टिन को आवाजले मालाइ उतै तानी रहेछ । बादल गर्जन्छ ।......... म सक्तो हु त कोशिस गर्ने थे लाउ यो cadburry dairy milk खाउ अनि रिसाउन छाडिदेउ ।तर बादलले मेरो भाषा बुज्दैन ।अझ बेसि गर्जन्छ ।...  म पलङको छेउ मा रहेको सानो झ्याल बाट बाहिर चियाछु । झिलिक्क आकाश बल्छ । फोटो खिच्यो मेरो  ।म हास्छु । .....  म भनी रहेछु आउ सीता यो आकाशको ठूलो sho...