T.U. को जोड-घटाउ |

कोरोना भाइरस एपिडेमिकका कारण विश्वभरकै शिक्षणसंस्था ठप्प रहेको ५ महिना भन्दा उकालो लागेको छ। यसै बिचमा बिध्यार्थीहरु प्रत्यक्षरुपमा मारमा परेका छन। नेपालमा गत साउन ६ गते राती १२ बजे बाट लकडाउन हटे सँगै त्रिभुवन विस्वविध्यालयले स्थगित रहेका परिक्षा पुन संचालन गर्न जोडतोडले लागेको बिगतका केही दिनहरुमा देख्न सकिन्छ। कोरोना भाइरसको खत्रा टरि नसकेकाले, विस्वविध्यालयबाट गैरजिम्मेवारी पुर्ण अभिव्यक्ति आएको बिग्यहरुको बुझाइ छ। तर त्रिभुवन विस्वविध्यालय भने कसैको कुरा नसुनी बिध्यार्थीहरु बिच अन्योलता बनाउनमा अहिले प्रथम पोजिसनमा उभिएको छ। परिक्षा हलमा बिध्यार्थीहरुलाई उपस्थित गराएर नै परिक्षा गर्ने भनेर त्रिभुवन विस्वविध्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनु भएको छ। भाद्र १ बाट लामो दुरिको यातायात खोले लगत्तै भदौको दोस्रो या तेस्रो साताबाट परिक्षा गराउने तयरीमा T.U. जुटेको छ। काठमाडौमा मात्र अध्ययन गर्ने बिध्यार्थीको कुरा गर्ने हो भने पश्चिम्का दार्चुला देखि पुर्वको काकरिभिट्टा सम्मका बिध्यार्थी राजधानीमा पढ्ने गरेका छन। पश्चिमको डडेल्धुरा बाट काठमाडौ आइपुग्न बिभिन्न जिल्ला हरु पार गर्दै आउनु पर्द्छ र यस जिल्ला मध्ये कति त कोरोनाका हट स्पट पनि मानिन्छन। यसरी १५,१८ घन्टाको बस यात्रामा गाडी विभिन्न ठाउँ रोकिदै आउने गर्दछ। बिध्यार्थी सजक भएर बाहिर ननिस्किएर घर बाटै ल्याएको खाना खादा पनि त्यस बस मा यात्रा गर्ने कुनै एक जाना ब्याक्तिले गरेको गल्तीले बिध्यार्थी स्वयम् पनि भाइरस संक्रमणमा पर्न सक्ने जोखिम प्रत्यक्ष रुपमा देखिन्छ। यो त पश्चिम्बाट आउने बिध्यार्थीको उदाहरण भयो। देशका पुर्व र विकट जिल्लाहरुबाट आउनुपर्ने बिध्यार्थीहरुलाई भने झन जोखिम र खतरा देखिन्छ। जसो तसो काठमाडौं पुगे पनि त्यहा बाट डेरासम्म पुग्न विभिन्न साधनहरु लिएर जादा आर्को जोखिम त छदै छ। परिक्षा कक्षमा देशका विभिन्न ठाउँ बाट आएका बिध्यार्थी मध्ये एक जानामा मात्र कोरोना लागेमा स्तिथि भयाभय हुन सक्ने प्रष्ट देखिन्छ।
ओपन बुक ,आन्तरिक मुल्यांकन राम्रो विकल्प हुदा हुँदै T.U ले इ सबै विकल्प हुन सक्छन भन्ने बाहेक केही काम गरेको पाइदैन। यसरी दिनहु १०० भन्दा बढी भाइरस संक्रमण थपिदै गरेको अवस्थामा नजिकै (हालसाल) परिक्षा  हुने देखिदैन साथै बिध्यार्थीहरुको अन्योलता अझ बढ्ने देखिन्छ। सम्पुर्ण बिध्यार्थी परिक्षा हुनु पर्छ भन्ने नै चाहान्छन तर त्यसका लागि निर्धक्क भएर परिक्षा हलसम्म पुग्ने वातावरण बनाउन खै लागेको सरकार?
घरभाडामा बस्ने बिध्यार्थीहरुलाई घरधनिले अहिले नआउन आग्रह गरि रहेका छन यस्तो बिचमा बिध्यार्थी काहा गएर बस्ने। सरकारले घरमा बस्न दिनु पर्छ भनेर आग्रह अथवा आदेश दिएको खै?
पि.सि.आर टेस्ट बिध्यार्थीका लागि निशुल्क अथवा ६०-७०% सौलियतको कुरा गरेको खै?
परिक्षाको बिचमा कसैलाई कोरोना लागेमा उपचार खर्च सरकारले बियोर्ने भनेर विज्ञप्ति खै?
कसैलाई कोरोना लागेमा पछि यो यो माध्यम बाट निको भै सकेसी परिक्षा दिने माहोल बनाइने भनेको खै?
यसरी ठोस तयारी नै नगरी शुन्य अध्ययन गरेर T.U.को  जोड घटाउ अव्यवहारिक र गैरजिम्मेवारीपुर्ण रहेको सबै कोणबाट पुष्टि भएको देखिन्छ र यसले बिध्यार्थीहरुमा मानसिक तनाव बढाउने दबाईको रुपमा काम गर्नेछ।
परिक्षा दिन म पनि चाहान्छु धेरै ब्याक परि सकियो तर निर्धक्क भएर एक्जाम दिन जाने वातावरणको सृजना होस।
कोरोना लागेर मेरो ज्यान गएमा सरकारले दिएको ५ लाखले मेरो परिवारमा मेरो पुर्णता हुदैन।

Comments

Post a Comment

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!