आधुनिकता ।
म सुतेको छु खाटले आधुनिक नाम पाएको कोठे पलङ्ग आधुनिकतामा रमाउन जान्ने भैसकेछु। गाउँमै जन्म लिए। याद त केही छैन दोर्याएर एक पटक गएको छु। त्याहा पुग्दा म याहा खेल्थे, बस्थे भन्ने चाहिँ महसुस भएको थियो। फेरि एकपटक जान मन छ ती मेमोरी, खोला, खरले छानेको त्यो घर, धुरी सबै महसुस गर्न। सहर भन्दा धेरै टाढा छ जन्मथलो सायद त्यसैले खास छ। यो थलो त्यति खास लाग्दैन याँहा त मित्र भित्रको शत्रु चिन्न निकै मुस्किल हुन्छ। आफ्ना पनि देखावटी आत्मियता बोकेर सँगै हातेमालो गर्छन। कम्पिटिसनको झन के कुरा गर्नु बुढा/बुढि देखि छोरा/छोरी सम्म उग्र कम्पिटिसन छ। धेरै नकारात्मक पक्षलाई बल पनि दिएको छ। यहाँ त सबै पुरातन मोडन भैसको घर-होम, भान्साथलो-किचन, आमा-मम अनि के के हो के? समय बद्लिदै छ। सभ्यता, संस्कृती र व्यवहार फेरिदै छ। बिच फेजमा छ यो युग। एका तर्फ बा आमा उमेरका सिनियर सिटिजन जो पुरानै शैलिमा रमाउनु हुन्छ, जसलाई मोडन शैलीको कुनै चाख छैन अनि अर्को तर्फ १६,१८,२५ बर्षका युवा युवती जो युटुब, फेसबुक, टुइटर र इजि इनफरमेसनको सहायताले मोडन लाइफस्टाइलमा रमाउन चाहान्छ्न। यो आधुनिकताको लहरो कति लामो समय चल्ने हो यसले कस्ता कस्ता आस्चार्य प्रविधी भित्र्याउने हो खुशी र डरलाग्दो छ। यो आधुनिकताले नै मलाई चेतना दिएको छ। मलाई म बनाएको छ तर म पुरातन नै मन पराउछु। मलाई खरले छानेको धुरी नै ठीक लाग्छ। म जीवन बढी त्यसैमा पाउछु। यो कन्कृटले त मलाई पोल्छ तर ती माटा टेक्दा म प्रफुल्लित हुन्छु। पंखाको हावाले मेरो स्वास्थ बिगार्दै छ तर रुखको त्यो हावाले मलाई जीवन्त बनाउछ।
आज आमालाई बारीमा हेरे। फर्सीको त्यान्द्रो भुइ तिर अघि बढ्दै रहेछ। आमाले डोरि ल्याएर त्यसलाई उभो उकलने बाटो बनाइदिनु भयो या भनौ त्यसलाई जीवन दिनु भयो। त्यो फल आमाको लागी कति स्वाद युक्त हुदो हो। म यो मेहेनतको परिणाम खान त पाँउछु तर पैसा लगेर बजारबाट किन्ने आधुनिक मान्छेलाई त्यसको संघर्ष बुझ्न केही समय लाग्ने छ। म यो बुज्न सक्छु आमा र त्यस फलको सम्बन्ध कति निस्चल छ। आमा त्यसलाई जीवन दिनु हुन्छ त्यसले आमालाई फल दिन्छ। प्रकृति र मनुष्यको सम्बन्ध। आहा!
असारको महिना छ। खेती गर्ने समय। खेतका कान्ला कान्लामा होलि खेलिदै छ। हिलोको होलि। गोरु नारिदै छन। हिला माटाले पनि सबैको स्वागत गरिरहेको छ। उत्सव आएको छ। आमा, बैनी र छोरीहरु चाम्रे र गुन्द्रुक लिएर खेत तर्फ झर्दै छन। सबै मिलेर काममा हातेमालो गरि रहेका छन। त्यो मित्रता, साथ आत्मीयता म याँहा सहरमा काहा पाउछु र। गाउँको गाउँंले पन। काचा कागती मुख बिगार्दै खानुको मज्जा। रियल्ली आउटस्टेन्डिङ्ग!
म सम्झन्छु करीब १० बर्षको हुदो हुँ। पहिलो पल्ट यो कन्कृटलाई छोडेर टिपिकल गाउँ गएको। ममिको साथीको घर। बादलले ढाकेको आकाश। हावाको धर्सोले शरीर हिर्काइरहेको। प्रकृतिले पनि पानी पर्ने आभास दिरहेको। हाम्रा लागी एक्दमै उपयुुक्त समय। गाडि बाट उत्रेर बाटोको एक छेउ लागेर हामी हिड्यौ। म आँखाले भ्याए सम्मको चित्र कोरि रहेको थिए। गाई भैंसी र बाख्राहरु चरिरहेका खुल्ला जमीन। चराचुरुङ्गी पनि मीठो धुन गाउदै कहिले नजिक त कहिले टाढा उडि रहेका। गाडिको आवज जावज एक्दम कम। माटोको बाटो कतै पानी जमेको त कतै खाल्डै खाल्डा। म कहिले अन्यासा लामो छलाङ्ग मार्थे त कहिले यसै डिल डिल हिडेर आफुलाई सन्तुलित पार्न खोज्थे। ममीहरु पनि आफ्नै गफमा बेस्त हुनुहुन्थ्यो अनि म आफै सँग गफ गरिरहेको थिए। उ अग्लो रुख, उ बयलगाडा, उ भैंसी माथी काग यस्तै यस्तै। करिब १ घन्टाको हिडाई पछि आन्टिले उ त्यो घर भनेर देखाउनु भयो। टाढे घर टिनले छाएको म देख्न सक्थे एक्लै थियो त्यहा। मेरो उत्सुकताले हाइएस्ट लेवल पार गर्दै थियो। झमक्कै साँझ पर्न लाग्दा हामी त्यस घरमा पुग्यौ। काठे भित्तो,काठे भर्याङ्ग र दोस्रो तलाको भुइँपनि काठनै बिछ्याइएको। एउटा छुट्टै इतिहास बोकेको जास्तो लाग्ने घर। पहिलो तलामा भान्साघर र गाईभैंसिको गोठ अनि दोस्रो तलामा सुत्ने कोठाहरु। म बिस्तारै घरको अवलोकन गर्न थाले। सबै कोठाहरु पुगे। विभिन्न कलाकारका चित्र, पत्रीकाले छाएका ती कोठाका भित्ता छुट्टै रौनक दिने खालका थिए। गन्द पनि छुट्टै किसिमको। हिड्दा पनि एउटा छुट्टै किसिमको आवज आउने। तल झरे अनि एउटा भैंसी सँग चिनजान गरे एक्दमै हस्याङ्गफस्याङ्ग गरि रहेको थियो, सायद म नौलो भएछु क्यार! घर पछाडी विभिन्न प्रजातिका रुखहरु थिए सबै त म अहिले सम्झन सक्दिन तर अत्यन्तै राम्रो थियो वातावरण। पहिलो चोटि घरले मलाई त्यसरी आकर्षित गरेको थियो। म बिस्तारै भिज्दै थिए त्यो नौलो ठाँउमा। बा आमा हुनुहुन्थ्यो आफ्नै काम मा बेस्त। खाना खाइसके पछि म माथी बार्दलिमा उक्ले । चिसो हावा शरीरलाई हिर्काइरहेको थियो। धेरै बेर म अनकन्सिएसली कन्सिएस भै रहे सायद प्रकृतिको मात चढेछ क्यार! आज प्रकृति पनि म जस्तै खुशी भएको हुदो हो, पानी जोर सँग बर्सियो। पानी पर्दा निस्कने त्यो टिनको आवाज एक्दमै आनन्दमय थियो। प्रकृतिको मीठो धुन कानमा गुन्जी रयो। म अगाडिको खुल्ला विराट जमिन हेरेर आफ्नै सोचमा हराइ रहे। आज पनि उस्तै सम्झना छ, त्यै भ्रमण जसले मलाई पुरातन तर्फ तान्यो, त्यही भ्रमण जसले मलाई प्रकृति सँग चिनजान गरायो। त्यस पछि त्यस्तो कुनै समय छैन जाहा मैले प्रकृति सँग समय नबिताएको होस। केही समय बेस्त रहे पनि म प्रकृति सँगै बस्ने गर्छु, हावाहरुलाई जिस्काउने गर्छु अनि बादल सँगै चित्र कोर्ने गर्छु। यसरी नै मैले धेरै समस्याको समाधान गरेको छु। धेरै आइड्याहरु पनि मलाई यसै बेला आउने गर्छन। त्यस भ्रमणले मलाई नयाँ डाइमेन्सनको उजागर गरिदिएको छ। त्यस बेला हेर्ने हो भने हाइयर डाइमेन्सन। पानीको यो एकनाश झराइसँगै म टोलाई रहेको छु। यो सहरको कोलाहाल अहिले बन्द पर्खाल भित्र सुतिरहेका छन। कन्कृटलाई पानीले त्यति असर पनि त गर्दैन। हरेक बर्ष यो झरिले बर्सेनि कसैको घर कसैको खेत त कसैको ज्यान समेत उपहार स्वरुप लिएर जाने गरेको छ। कतै उत्सव आइरहदा कतै रिनको बोझ थपी रहन्छ त कतै सिन्दुर र काख रित्तो। कहालिलाग्दो सत्यता। आङ्नै सिरिङ्ग भयो। हामी आफुलाई होमो सेपियन्स भन्छौ अर्थात उत्कृष्ट मानव तर अहिले सम्म पनि हामीले प्रकृतिको सहि सदुपयोग गर्न सकेका छैनौ। सोमदत्तले त देखाई सके धर्मग्रन्थलाई मात्र आत्मसात गरेर अघि बड्नु को परिणाम शुन्य बराबरको छ भनेर। अस्तित्वनै नरहे पछि त्यसलाई शुन्य सँग पनि दाज्न सायद नमिल्ने भयो क्यार! अनि रियालिटिलाई बुझ्न खोज्ने हजारौ सुम्निमाहरु आज आफ्ना प्रेमी बाट छुटे पनि राम्रो जीवन बिताइ रहेका छन, मायाको मीठो धुन बाढी रहेका छन। मेरा धेरै प्रश्नहरु स्पष्ट पारेको सुम्निमाले मेरो ध्यान एक पटक त्यस आश्रमले तान्यो जाहाँ कयौ यज्ञ होमादि हुन्थे जाहा विभिन्न काजकिरिया हुन्थे जुन आज चितुवाको घर बन्न पुगेको छ। जङ्गलको बिराटताले त्यसको अस्तित्वलाई प्रश्न गर्न सक्ने भएको छ। आँखा भएर पनि अन्दो हुनु कदापी राम्रो हैन अनि त्यसलाइ पाप र पुन्यको दर्जा दिनु अझ घटिया जो यहि मानिस कयौ बर्ष देखि दिदै आएको छ।। ऋषिमुनिहरु जङ्गल नै पसे ज्ञानको खोजिमा, त्यहि सुन्यताले यो समयलाई अस्तित्व दियो। सुन्यताको पावर कति छ? देखिएको पावरलाई मात्र पावर भन्ने हाम्रो यो डाइमेन्सनले के देख्छ त सुन्यता को पावरलाई? जुन सबैभन्दा ठूलो शक्ति हो। जसले देखे अनि त रुल्स बनाएका छन तर यहि डाइमेन्सनले त्यसलाई हेर्न खोज्दा त्यसको अस्लिरुप परिवर्तित हुँदै आएको छ। अहिले सम्म आइपुग्दा त त्यसको ओरिजिनालिटि नै अन्त्य भएको छ र हामी समय अनुकुल रेडिमेट कुरा निल्दै निलाउदै आएका छौ। मैले आफै लाज मान्नु पर्ने हो। यस्तै यस्तै आधुनिकताले कयौ इतिहास केलाउदै आघी बढी रहेको छ समय अनि अब यो फेज र युग सम्म आइपुग्दा आधुनिकता नै पहिलो कोण बनेको छ। अब पुरातन बाट आधुनिक बन्दैन। आधुनिक बाट अझ बढे आधुनीक बन्दै जान्छ अनि लोप हुन्छ सबै पुरातन जसले यो अस्तित्व को आयु बोकेको छ। जसले कयौ समस्याको सोलुसन बोकेको छ। समय स्थिर बस्दैन र बस्नु पनि हुदैन सायद, यहि परिवर्तनले गर्दा यो इभोलुसन सायद सम्भव हुन सक्यो तर पुरातनको ज्ञान र ओर्जिनालिटिलाई कदापी हामीले बिर्सनु हुन्न, अहँ कदापी हुन्न! संङर्ष उस्तै छ यो आधुनिकताका बिच बाच्नुको संघर्ष, खानुको संघर्ष, लाउनु को संघर्स साथै देखाउनुको संघर्ष। उहाँ ७५ वर्ष पुग्नु भयो। टाढे घर छ, घरको आगनमा एउटा खाट,खाटमा बसि रहने नै उहाँको काम छ अहिले। सुनाउनु हुन्छ पल्टनको त्यो संघर्ष। लडाई मा होमिनु नपरेकाले ज्यान जोगिएको भन्नू हुन्छ। बन्दुक बोकेरै अवकाश लिनु भएको बा खैनि पडकाउदै गोलि र बुट बर्सेका काहानी सम्झनु हुन्छ, अनि प्रेरणाका साथ उच्च बोलीमा भन्नुहुन्छ यो जीवन एक युद्ध सरह बाचिन्छ बाबु जसरी युद्वभुमिमा शत्रु परास्त पारिन्छ जीवनका कठीनाइ पनि हामीले त्यसरिनै परास्त पार्नु पर्छ । तिम्रै उमेर हुदा देखि बन्दुक समाउने सोचले मेरा सोचलाई तरङ्गित बनाउथे। काम मा उर्जा थपिदिन्थ्यो अनि अझ कडा मेहेनत गर्ने जोस आउथ्यो। एउटा संघर्ष चयन गर र त्यस तर्फ यो एनर्जी खपत गर्नु, आत्मसन्तुष्टिले तिमी अवस्य बिजयी हुने छौ। उहाँका कुरा म घन्टौ बसेर सुन्न सक्छु। मेरा धेरै प्रश्नको उत्तर उँहा सरल तरिकाले दिनु हुन्छ सायद एक्स्पिरियन्स आफैमा एउटा रियालिटी हो जसले जीवन बोकेको हुन्छ अनि यथार्थ त्यसैले त इ कान ती कुरा सुनिरहन मन पराउछन र यो मस्तिष्क बुझिरहन चाहान्छ। मैले २० बर्षको मेहेनतले यो घर बनाएको छु, छोराछोरीलाई बाटो लागाइदि सके बाबू संघर्ष लामु छ कन्सिएसनेस जोगाइ राखेस। बा यति भन्दै बूढो खोकीका साथ भित्र पस्नु भयो। बिहान देखि नारिएका गोरु जो साझँ ढल्न लाग्दा सम्म गले भन्न पाउदैन्न उसको भित्री सुन्यताको संघर्ष कत्रो बोलिमा गुन्जिन्छ होला? हलोको त्यो वोएट लाठीको त्यो बर्शात अनि थाकेको कुम अनुमानित संघर्ष नै शब्दले बोल्नै सक्दैन। केवल मस्तिष्क बाची रहेको हुदो हो शरीर त दिउँसै प्यारालाइसिस हुन पुगेको छ। शुन्यता कत्रो पीडा हो? आवाजले भयो भन्दैन,भने पनि जोत्ती रहनु पर्ने जबरजस्ति कस्तो संघर्ष? प्रकृति हेर्दै बसि रहेको छु, घुम्ती बाहिर जुन बन्द छ। एउटा सानू किरो नजिकै आउदै छ बसेको काठमा। मैले हतपत्त भुइमा झारिदिए, पानीले भरिएको खेतमा अनि त्यसलाई अन्यासा नियाल्न पुगेछु। एउटा झारको सहायताले माथि तिर आइरहेको रहेछ टुप्पो सम्म आइपुग्यो। बाटो सकिएकाले एक्छिन बस्यो अनि झर्यो। फेरि अर्को झारको सहायताले माथि तिर नै आयो, उसलाई त्यस पानी बाट निस्कनु थियो क्यार! मलाई झल्यास्स पिरोल्यो कस्तो अनिष्ट काम गरेछु। यो पनि प्राणी नै त हो त्यत्रो संघर्ष गरेर बाहिर निस्कनै खोज्दै छ। दमन त सायद यसरी नै सुरु हुने हो क्यार! सक्नेले नसक्नेलाई सधै पेलि रहने। अनि त्यो किरोलाई मैले पानी बाट बाहिर निकालदिए। केही बेर हलचल नै गरेन। म आत्मग्लानी भएर हेरि रहे। किन मैले त्यसलाई तल झारेछु आखिर उ आफ्नै गन्तव्य तिर त गहि रहेको थियो बिचमा त म पर्न गएको थिए। अनि केही बेर पछि थोरै चलमलायो अनि म त्याहाँ बाट केही राहात को साँस लिएर निस्के। बेकसुर किरोलाई घाइते पारेर। मलाई कार्बाही भएन। आत्मग्लानि भैरहे धेरै बेर। गोरु जसको सहारा कोहि भएन,जसलाई भोलि पनि यो शुन्याताको संघर्षमा होमिनु छ, त्यो किरा, अनि सेपियन्स आफ्ना आफ्नै संघर्षमा अस्तित्व जोगाई रहेका छन, बाची रहेका छन। पीडा को स्थर फरक होला तर भोगाई अत्यन्तै कहालिलाग्दो छ। ती बा जो त्यस बेला पल्टनमा बुट बजार्दै गोलि खान पनि अघि सर्थे अहिले उनलाई पाहिला चाल्न पनि संघर्ष गर्नु पर्छ। बा! ठिकै रहेछ तिम्रा कुरा संघर्ष लामु छ। धेरै लामु जसको अन्त्य सायद यहि शरीर जलेसी हुन्छ। ती बाले गरेको संघर्ष र मेरो अहिलेको संघर्ष फरक छ या भनौ हाम्रो युग नै फरक छ। म धेरै आधुनिक भैसकेको छु। मेरा समस्या पनि आधुनिक नै छन। सायद बा तेसलाई समस्या मान्नु हुन्न। खैर! बा बुज्नु हुन्छ समय फेरिएको छ। त्यहि भएर भन्न कहिले छुटाउनु हुन्न एनर्जी सहि संघर्षमा खर्चिनु बाबू। बेर्थ जान दिनु हुदैन। कदापी हुदैन। इतिहासका केही संघर्ष पढ्दै थिए। पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, विभिन्न भाइरस, रोग र डिजिजको युद्ध, प्रकृतिले निमत्याएको भुकम्प, सुनामी, पाहिरो भोल्केनो यसरी विभिन्न समयमा मनुष्य र सबै लिभिङ स्पेसिस विभिन्न संघर्ष बाट गुजरिदै आएका छन। यस्तै संघर्षका बिच कोहि निकोला टेस्ला, लियोनल मेस्सी भएर चिनिए कोहि जीवनको मुना पलाउन नपाउदै बिलाएर गए। कहि भेद भयो त कहि न्याय। आफ्ना आफ्नै संघर्षका बिच पिल्सी रहेछ जीवन। यो संघर्षको बाटो कहिल्यै सकिँदैन, यसैलाई बुझ्नु नै बुद्धिमानी छ। अब आउने पिडिले भन्लान के त्यो काम आफै गर्नु रोबट ले गर्दी हाल्छ नि? आफै हात पनि लाउने हो र प्रविधी हुदा हुँदै? अनौठो पन। भोग्न बाकी रहेको समय सम्झदा सायद अनौठो लाग्छ। हो? मे बि! यो आधुनिकता को लहरो यो युनिभर्समा कती लामो तन्किने हो? डिजिटल वल्र्डको नयाँ पन। ए. आई को भविष्य? रोबटको युग। मनुष्य इतिहास बन्न पुग्ला अनि रोबट वर्तमान। वर्तमानमा त मनुष्य एक्स्ट्रा इन्टेलिजेन्ट छ, भविस्यमा रोबट बन्न पुग्ला। नपुग्ला भन्न सक्ने आधार केही छैन। पुग्ने आधार धेरै बनाई सकेउ। कसै-कसैले आफ्नु पूरा जीवन यहि आधार बनाउन खर्ची रहेका छन। सायद आफ्नै अस्तित्वलाई च्यालेन्ज दि रहेका छन। मनुष्य भन्दा एक्स्ट्रा इन्टेलिजेन्ट जसले मनुष्यलाई जीउँन सिकाउने छ। कस्तो दृश्य बन्न पुग्ला? हेर्नलायक? दर्दलायक?
१:३२ a.m. निजि छाप्रो
झापा बिर्तामोड।
आशिष भट्टराई

Great analysis ✍️🙏
ReplyDeleteIts beautiful 😍❣️